भद्रपुर, भदौ २४ । महामानव विपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाल विद्यार्थी संघ भद्रपुर नगर समितिले दीप प्रज्वलन गरेको छ ।

संघका नगर सभापति सन्तोषजंग थापाको सभापतित्व तथा नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुरको सगरमाथा चौकमा दीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, लता कार्की, क्षेत्रीय समितिका पदाधिकारी, नगर समितिका पदाधिकारी लगायत नेपाल विद्यार्थी संघ नगर समितिका विद्याथी नेताहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्