दमक, भदौ २६। दमकको हिमालय माध्यमिक विद्यालयमा कार्यरत एक शिक्षकको करेन्ट लागेर मृत्युु भएको छ ।

शिवसताक्षी नगरपालिका ८ धरमपुर घर भएका ३५ वर्षिय महेन्द्रराज शेर्माको करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्युु भएको हो । घर छेऊमा रहेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका शेर्मालाई उपचारका लागि दमकको लाइफलाइन हस्पिटल पुर्‍याउँदा दिउँसो ४.१० मा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । उनी झण्डै ४ बर्षदेखि हिमालय माविमा कार्यरत थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्