झापा भदौ २७ । झापामा मञ्जुश्री असहाय संरक्षण केन्द्रको गठन भएको छ । मञ्जुश्री असहाय संरक्षण केन्द्र महिला तथा बालबालिका विरुद्ध हुने शोषणको अन्त्यका लागि सक्रिय संस्था हो ।
निकिता खत्री प्रसाईँको अध्यक्षतामा गठन भएको संरक्षण केन्द्रमा ९ सदस्य समिति रहने छन् ।

समितिको उपाध्यक्षमा पुनम ओडारी, सचिवमा सुमी विष्ट, कोषाध्यक्षमा रविना खड्का, सदस्यमा सैलेझा आचार्य, शोभा खड्का, तुलसा श्रेष्ठ, मञ्जु ओली रहेका छन् । बाँकी एक जना सदस्य प्रथम वैठकले मनोनित गर्ने जनाइएको छ ।


समुदायमा रहेका असाहय बालबालिका, घरेलु हिंसामा परेका महिला, पारिवारीक अपहेलनाको कारण कष्टकर जीवनयापन गर्न बाध्य जेष्ठ नागरिकलाई उद्धार, मनोसामाजिक परामर्श, कानुनी सहयोग, आवश्यक शिक्षा र सीपमूलक तालिमका माध्यमबाट आत्मनिर्भर बनाउने साथै पारिवारिक तथा सामाजिक पुर्नमिलनका लागि यस संस्थाले भूमिका खेल्ने अध्यक्ष प्रसाईँले बताइन् । संरक्षण केन्द्र परोपकारी संस्था रहेकाले नितान्त सेवाभावले काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।


२०७२ सालमा चितवनको भरतपुर नगरपालिकामा स्थापना भएको उक्त संस्थाले ७७ वटै जिल्लामा शाखा विस्तार शुरु गरेको छ । झापा शाखाले जिल्लाको सबै क्षेत्रका प्रतिनिधिलाई समेटेर सल्लाकार समितिसमेत गठन गरेको छ । शाखा विस्तारको क्रममा उपस्थित बिर्तामोड नगरपालिका –४का वडा सदस्य गंगाप्रसाद भट्टराई, निर्मला ल्वागुन, सल्लाकार दिपनारायण केसीले संस्थालाई निरन्तर सहयोग गर्ने जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्