दमक, भदौ २७ । मुटु तथा कलेजो रोगवाट केही समयदेखि विरामी परेकी कमल गाउँपालिका– ६ गेउरियाकी ६६ बर्षिया सोमरानी लिम्बुको उपचारका लागि स्थानीय फाल्गुनन्द आमा समूहले १० हजार रुपैयाँ सहयोग गरेको छ ।

अर्काको जग्गामा टहरा बनाएर बस्दै आएकी लिम्बुलाई रोगले च्यापे पनि उपचार गर्न परिवारसंग रकम नहुँदा घरमै थलिन बाध्य भएपछि उनको उपचारमा थोरै भएपनि सहयोग पु¥याउन समूहले १० हजार रुपैयाँ उपलव्ध गराएको हो ।
शनिबार विरामीको घरमा पुगेर समूहका पूर्व अध्यक्ष दिलकुमार लावतीसहित पदाधिकारी र सदस्यहरुको उपस्थितिमा विरामीलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
यसैगरी कमल ७ निवासी समाजसेवी शान्ता केरुङले पनि विरामीको उपचारमा सघाउन व्यक्तिगत रुपमा ५ हजार १ सय रुपैयाँ प्रदान गरेकी छन् । अस्पतालसम्म लगेर उपचार गर्ने आर्थिक अवस्था नभएपछि केरुङकै पहलमा आमा समूहवाट समेत सहयोग जुटाएकी हुन् । विरामीको अवस्था थप गंभीर भएपछि शनिबार नै स्थानीयबाट सरसहयोग जुटाएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको परिवारले जनाएका छन् ।
यसअघि नै श्रीमान् गुमाएकी विरामीका चार छोरी र तीन छोरा छन् । तर परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि पीडित परिवारले उनको जीवन बचाईदिन इच्छुक मनकारीहरुलाई सहयोगका लागि समेत अनुरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्