भद्रपुर, भदौ २८ । सशस्त्र प्रहरी बल हेडक्वाटर २ नं गणका गणपति रमेशकुमार पाण्डेले सीमा सुरक्षा तथा चोरी तस्करी रोक्ने प्रतिबद्धता जनाएका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक पाण्डेले आफ्नो कार्यालय परिसरमा झापाली सञ्चारकर्मीसित अन्तरक्रिया गर्दै आफ्नो कार्यकालभरि विभागले दिएको जिम्मेवारी पूणर्रूपमा पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाल भारत सीमा क्षेत्रअन्तर्गत झापामा १४३ किलो मिटर सीमा सुरक्षाको जिम्मेवारी बहन गरिरहेको सशस्त्र प्रहरी बल हेटक्वाटर २ नम्वर गण मातहतमा बिओपी (सीमा सुरक्षा पोस्ट) ९ वटा रहेको छ । यस वर्ष ८ वटा थप हुने जानकारी दिँदै उपरीक्षक पाण्डेले सीमा क्षेत्रमा हुने अपराध रोक्न सशस्त्र प्रहरी बल मुख्य जिम्मेवार भएर लागिरहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्