दमक , भदौ २८ । हिजो साँझ दमकमा तास खेल्दै गर्दा पक्राउ परेका पाँच भुटानी शरणार्थीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।

प्रहरीले पक्राउ परेकामाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट सात दिने म्याद थप गराएको हो । हिजोबाट सातदिने म्याद थप गर्नका लागि आज उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए । उनीहरु तास खेल्दै गर्दा एक लाख सन्ताउन्न हजार रकमसहित पक्राउ परेका थिए ।
साँझ ६ बजेतिर दमक नगरपालिका ३ को बेलडागी २ शिबिरस्थित सेक्टर ए४ हट न.२४५ बस्ने मनु गुरुङको घरमा तास खेल्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सेक्टर न.ए४ हट न.२३२ बस्ने ३८ वर्षिय प्रकाश राई, सेक्टर न.बी ३ हट न.३०५ बस्ने ३६ वर्षिय नरेश दाहाल, सेक्टर न.बी ४ हट न.३६६ बस्ने ३६ वर्षिय कुमार तामाङ, सेक्टर न.ई २ हट न.१०५ बस्ने बिर्खमान राई र सेक्टर न.बी २ हट न.१९८ बस्ने २४ वर्षिय सन्तबीर तामाङ रहेका छन् । घरधनी काठमाण्डौमा भई खाली घरमा तास खेलिरहेको बिशेष सूचनाको आधारमा गएको ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्