कुमरखोद ,भदौ २९ । झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी वल टाँघनडुब्बा बीओपीको टोलीले गएराति लागुऔषध ब्राउन सुगरसहित दुईवटा मोटरसाईकल बरामद गरेको छ ।

विशेष जानकारीको आधारमा सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधान नेतृत्वको टोलीले लागुऔषध कारोबारीलाई पिछा गर्दै जाँदा झापा गाउँपालिका वडा नं ६ भृकुटी चोकमा फेला पारेको थियो । त्यस ठाउँमा पुग्नुअगावै दुईवटै मोटरसाइकल छोडेर लागुऔषध कारोवारी भागेको र प्रहरीले धेरै समयसम्म धानबारीमा खोजतलास गर्दा नभेटिएको जनाएको छ ।

सशस्त्र प्रहरीले लागुऔषध कारोबारीले प्रयोग गरेको मे २ प ७९४ र मे ११ प ८०७५ नम्बरका दुईवटा मोटरसाइकल र २३.९ ग्राम ब्राउन सुगर बरामद गरेको टाँघनडुब्बा बीओपीले जनाएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रधानले अनुसार बरामद गरिएको लागुऔषध र मोटरसाईकल इलाका प्रहरी कार्यालय कुमरखोदलाई आवश्यक कारबाहीका लागि बुझाएको जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्