बिर्तामोड , भदौ ३० । ‘शारीरिक ब्यायामको माध्यमबाट कोरोनालाई जितांै’ भन्ने अभियानकासाथ झापा अर्जुनधाराका दिपेन धिमालले प्राकृतिक तरिकाले शारीरिक आन्तरिक स्वास्थ्य सुधारको कार्यक्रम सञ्चालन गरेका छन् ।

यसै वर्षदेखि अर्जुनधारा नगरपालिकाको वडा नं. ६ स्थित महानन्दचोकमा मेची हेल्थ एण्ड फिट्नेस सेन्टर स्थापना गरेर धिमालले शारीरिक व्यायामको माध्यमद्वारा रोग प्रतिरोधात्मक क्षमताको बिकासमा सहयोग पु¥याएका हुन् । धिमालले सञ्चालन गरेको हेल्थ एण्ड फिट्नेस सेन्टरमा शरीरको आन्तरिक शक्तिको विकासका लागि दौड, किक बक्सिङ, क्रसफिट, स्क्वाट, बर्डफ्रियुस, क्यालिक्सथेनिक्स, मोयथाई, सेल्फ डिफेन्स, वेट मेनेजमण्ट, डाइट प्लानिङ्ग, लगायतका योजनावद्ध तरिकाहरु सिकाइन्छ । मेची फिट्नेस सेन्टरमा स्टेरोयट्स जस्तो मसल बढाउने कृत्रिम प्रोटिनको प्रयोगभन्दा प्राकृतिक, अग्र्यानिक पोषणयुक्त खानेकुरा उपभोगमा जोड दिदै स्टेरोयट्सको लामो समयको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरको बारेमा पनि जानकारी दिने गरिएको सञ्चालक धिमालले बताए ।

इन्डोर र आउटडोरमा व्यायाम गराइँदै आएको सो सेन्टरमा तेक्वान्दोका राष्ट्रिय खेलाडीसमेत रहेका सञ्चालक दिपेन धिमालले नै प्रशिक्षण दिंदै आएका छन् । सन् २०१९मा चीनमा भएको वल्र्ड हिरो च्याम्पियनसिप प्रतियोगितामा गोल्डमेडल प्राप्त गर्न सफल धिमालले भारतको केरलाबाट एनआईएस ए लेभल कोर्स पुरा गरेका छन् । मेची फिटनेस् सेन्टरमा अहिले ५० जनाले शारीरिक सुगठन र व्यायामको अभ्यास गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्