झापा भदौ, ३१ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार बिहानै लगनखेलस्थित कृषि तथा तरकारी बजार पुगे । उनी प्याजमा तोकिएभन्दा चर्को मूल्य लिएको थाहा पाएपछि त्यहाँ पुगेका थिए । मन्त्रीले प्याज किन्न खोजे तर व्यापारीले सजिलै चिने ।


उद्योगमन्त्री भट्टसँग व्यापारीले भने, ‘हामीलाई के भन्नुहुन्छ । हामीले प्याज ल्याउने बल्खु र कालीमाटी बजारबाट हो । त्यहाँ गएर सोध्नुस् न ।’ त्यसपछि मन्त्री भट्ट मन्त्रीको गाडीमा नभएर अर्कै गाडीमा बल्खु पुगे । मुखमा मास्क थियो । नजिकै सुरक्षाकर्मी पनि थिएनन् ।
मन्त्रीले प्याज किन्न गोजीबाट पैसा झिके । ४८ रुपैयाँमा मिलिरहेको प्याज मन्त्रीसँग १२० रुपैयाँसम्म व्यापारीले लिए । उनले एक पसलबाट मात्रै होइन, २–४ पसलबाट प्याज किने । मन्त्री भट्टले हाँस्दै भने, ‘मैले ५०÷६० किलोसम्म प्याज आफैंले खरिदें । उनीहरुले चिनेनन् । व्यापारीले बदमासी गरेको पाइएपछि प्रहरी सक्रिय भयो । मैले स्थानीय प्रहरीसँग भने समन्वय गरेको थिएँ ।’ यसअघि बजारमा पर्याप्त उपलब्ध प्याज एकाएक अभाव भएको सूचना मन्त्रीसम्म पुगेको थियो । सोही सूचनाका आधारमा आफूले छड्के अनुगमन गरेको मन्त्री भट्टले जानकारी दिए । भारतले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्