बिर्तामोड , असोज १ । पल क्रिएसन एण्ड एड्भर्टाइजिङ एजेन्सीले सांगीतिक प्रस्तुतिसहित विश्वकर्मा पूजा मनाएको छ ।

एजेन्सीले विश्वकर्मा पूजापछि सांगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो । कार्यक्रममा कलाकारहरु चेतन चुँडाल र पुष्पा परणामी कार्कीले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । विश्वकर्मा पुजाको अवसरमा कार्यालयका कर्मचारीसँगै आफ्ना साथीभाइहरुसँग रमाइलो गर्नका लागि कार्यक्रम आयोजना गरिएको एजेन्सीका संचालक उमेश राउतले बताए ।

कार्यक्रममा शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउत, हिमाल प्रसाई , मुक्तिनाथ विकास बैंकका प्रबन्धक हरि ओझा , फेमिली किचनका नारायण प्रसाई , व्यवसायीहरु बादल राजवंशी , कमल कार्कीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रतिदिन दैनिकका इन्द्रसिंह राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्