झापा , असोज २ । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गणेशप्रसाद दाहाल आउने भएका छन् ।

यसअघि बिर्तामोड आउन इच्छाएका रतुवामाई नगरपालिकाका राजेन्द्र भट्टराई र गौरादह नगरपालिकाका खेम ओझा भने अन्यत्र सरुवा भएका छन् । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरबाट दाहाल बिर्तामोड आउन लागेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते सरुवा सम्बन्धी निर्णय गरेको हो । यसअघि बिर्तामोड आउन इच्छा ब्यक्त गरेका राजेन्द्र भट्टराई र खेम ओझाको अन्यत्र सरुवा भएको छ । दुवै एकअर्काको नगरपालिकामा साटिएका छन् । गौरादह नगरपालिकाका खेम ओझा मोरङको रतुवामाई नगरपालिका र भट्टराई रतुवामाई नगरपालिकाबाट गौरादह नगरपालिका सरुवा भएका हुन् । त्यस्तै अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल सरुवा भएर प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगर पुगेका छन् । उनको ठाउँमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याङ आउने भएका छन् । मेचीनगरमा भने इलामको माई नगरपालिकामा रहेका दिनानाथ लम्साल आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते ९ जना उपसचिवहरुको सरुवाको निर्णय गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्