झापा , असोज २ । कनकाई नगरपालिकाका एक ८० वर्षिय बृद्धमा कोरोना संक्रमण देखिएको छ ।

कनकाई नगरपालिका वडा नं २ का ती बृद्धमा संक्रमण पुष्टि भएको हो । केही दिनअघि उनका नातिलाई संक्रमण देखिएको थियो । कन्ट्याक्ट ट्रेसिङ गर्दा नातिबाट हजुरबुवालाई संक्रमण सरेको पाइएको कनकाई नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए । संक्रमण देखिएपछि ती बृद्धलाई होम आइसोलेसनमा राखिएको छ । कनकाई नगरपालिकामा ११ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जना होम क्वारेन्टाइनमा रहेका थिए । त्यस्तै ५ जना क्वारेन्टाइनमा रहेका छन् । हिजो मात्र १३ जना निको भएका छन् । नगरपालिकाका एकै परिवारका १० जना संक्रमित भएकामध्ये ९ जना निको भइसकेको अधिकारीले जानकारी दिए । त्यस्तै शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकी अर्की महिला स्वास्थ्यकर्मीलाई पनि कोरोना देखिएको छ । त्यहाँ कार्यरत ३४ वर्षिया अनमीलाई संक्रमण पुष्टि भएको शिवसताक्षी नगरपालिकाका प्रवक्ता नवीन इजमले बताए । यसअघि सोही स्वास्थ्य केन्द्रका पुरुष स्वास्थ्यकर्मी र उनकी श्रीमतीलाई संक्रमण देखिएको थियो । त्यसैगरी विदेशमा पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका शिवसताक्षी नगरपालिकाका दुई जनालाई ७२ घण्टाभित्र पोजिटिभ देखिएको छ । दुवईबाट फर्किएका वडा नं ५ र ८ का ३२ र ३८ वषर््ििय पुरुषहरु पिसिआर परीक्षण गराएर नेपाल फर्केको र उनीहरुको यहाँको रिपोर्ट पोजिटिभ आएको क्वारेन्टाइन प्रमुख रोशन भट्टराईले बताए । आज ४ जना थपिएसँगै जिल्लामा संक्रमितको सँख्या ७८४ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्