झापा, असोज ३ । नियमविपरित शैक्षिक वर्षको अन्त्यको टुंगो नलागी झापाका निजी विद्यालयहरूले चालु रहेका कक्षा ११ का विद्यार्थीहरूलाई कक्षा १२ को भर्ना गराएर अध्यापन थालेका छन् ।

नियम मिचेर केही विद्यालय सञ्चालकहरूले कक्षा ११ को परीक्षाको टुंगो नै नलागी कक्षा १२ पठनपाठन गर्ने भन्दै भर्ना अभियान सुरू गरेको पाइएको हो ।
शिक्षा मन्त्रालयले कक्षा ११ सम्मको नयाँ भर्ना तथा अभिलेखीकरण गर्न विद्यालयहरूलाई अनुमति दिएको भए पनि अनुमति नै नदिएको कक्षा १२ भर्ना अभियान समेत सुरू गर्दा पनि स्थानीय शिक्षा शाखा समेत बेखवर पाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्