कुमरखोद , असोज ४ । झापा गाउँपालिकाको कुमरखोदबाट १० वोरा खैनी र २८ वोरा सेतो मटर बरामद भएको छ ।

ईलाका प्रहरी कार्यालय कुमरखोद र जिल्ला प्रहरी कार्यालयको संयुक्त गस्तीको टोलीले गएराति करिब ११.३० बजे झापा गाउँपालिकाको वडा नं १ लसुनाको संथाल वस्ती नजिकै दशगजाभित्र २८ वोरा सेतो मटर वरामद गरेको हो ।
नेपालवाट भारततर्फ साईकलमा लोड गरेर सेतो मटर लैजाने क्रममा टाढैबाट सुरक्षाकर्मीको टोली देखेपछि साईकलवाट सेतो मटर दशगजामा फ्याकी साईकल लिएर केरियरवालाहरु भागेका थिए ।
उक्त मटरका वोराहरुलाई प्रहरीले बरामद गरेको ईलाका प्रहरी कार्यालय कुमरखोदले जानकारी दिएको छ ।
वरामद गरिएका खैनी र मटरहरुका वोराहरुलाई भन्सार कार्यालय वुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्