बिर्तामोड, असोज ४ । झापाको मेचीनगर नगरपालिका –९ धुलााबारीकी एक महिलाले तिम्ल्याहालाई जन्म दिएकी छन् । धुलाबारीकी निर्मला विष्ट रिजालले तिम्ल्याहा बच्चालाई आज (आइतबार) जन्म दिएकी हुन् ।

निर्मलाले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । स्त्री रोग विशेषज्ञ डा. एकराज गौतम र डा. पंकज बरालको टोलीले शल्यक्रिया गरेको एनेस्थेटिस्ट अम्मरदिप यादवले बताए । बच्चा र आमाको अवस्था सामान्य रहेको यादवले जनाए । तीन जना बच्चामा छोरीको तौल २ किलो रहेको छ भने एक छोराको १ किलो ९ सयग्राम र अर्को छोराको १ किलो ६ सय ग्राम रहेको जनाइएको छ । मनमोहनमा पहिलोपटक तिम्ल्याहा बच्चाको जन्म भएको जनाइएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्