दमक , असोज ६ । झापाको दमकमा आज थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये एकै घरका ४ जना रहेका छन् ।

दमक नगरपालिका वडा नं ५ का एकै परिवारका ५ जनामा संक्रमण देखिएको हो । संक्रमित हुने त्यस परिवारमा ८ वर्षका बालक पनि रहेका छन् । त्यस्तै दमक वडा नं ४ , ७ र ८का ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी दमक अस्पतालका दुईजना स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक पुरुष र एक महिला स्वास्थ्यकर्मी रहेका छन् । शुक्रबार परीक्षण गरिएका १४० मध्ये १४ जनामा पोजेटिभ देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्