झापा , असोज ७ । लगातार परिरहेको मुसलधारे वर्षाबाट आएको बाढीले झापामा क्षति पु¥याएको छ ।

कटान गर्न लागेको राईको घर

अविरल वर्षाका कारण हल्दिबारी गाउँपालिकामा एक घर विस्थापित बनेको छ । हल्दिबारी ३ देवीवस्तीस्थित देउनीया खोलामा आएको बाढीले स्थानीय दिलबहादुर राईको परिवार विस्थापित बनेको हो । खोलाले कटान गर्न थालेपछि प्रहरी चौकी जलथलका प्रहरी टोली र स्थानीयको सहयोगमा राईको घर र घरभित्र रहेका सरसामान सुरक्षित स्थानमा सारिएको छ ।

खोलाको कटान

त्यस्तै बाह्रदशी गाउँपालिका वडा न. ७ तुलसीबारीका ६ परिवार बिस्थापित बनेका छन् । बिरीङ नदीमा आएको बाढीले कटान गरिरहेको र घर भेट्ने संभावना रहेपछि जोखिममा रहेका ६ घरका परिवारलाई सुरक्षित स्थान चौरमा सारिएको छ । त्यस्तै बिरीङ नदीकै बाढीले कनकाई नगरपालिका वडा नं ८ स्थित त्रिवेणी टोलका ६ घर डुबानमा परेका छन् । त्यस्तै कचनकवल गाउँपालिका ६ स्थित नेपाल भारत सीमामा रहेको ११२ नं पिलर मेची नदीले कटान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जनाएका छन् ।

क्षतिको अवलोकन गर्दै

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्