झापा , असोज ७ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बिर्तामोड नगरपालिकाबीच भएको साझेदारी कार्यक्रमअन्तर्गत “मासु पसल सुधार, नस्ल सुधार तथा कृत्रिम गर्भधारण” विषयक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाकी उप प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका सचिव तथा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले अध्यक्षता गरेका थिए । सञ्चालक सदस्य शंकरप्रसाद रिजालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका पशुपंछी तथा मत्स्य शाखा प्रमुख सावित्रा दाहाल, सहारा साकोसका सहसचिव ज्ञानुनाथ मैनाली, कोषाध्यक्ष डम्बरबहादुर देउजा, संचालक सदस्य नेत्र नेपाल, सल्लाहकार छविलाल खतिवडा र संस्थाका पशु प्राविधिक डा.कमलेस भाटको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका वरिष्ठ प्रवन्धक राजकुमार दर्नालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाअन्तर्गतका विभिन्न स्थानका १५ जना फ्रेस हाउस सञ्चालकलाई मासु पसल सुधारका लागि एक लाखका दरले .१५ लाख र बाँकी ५० हजार रुपैयाँ फ्रेस हाउसलाई आवश्यक फ्रिज तथा अन्य सामान खरिद गर्नका लागि प्रदान गरिएको थियो । साथै पशु नश्ल सुधार कार्यक्रमअन्तर्गत २ लाख४२ हजार रुपैयाँ गरी जम्मा २२ लाख ४२ हजार रुपैयाँ सम्वन्धित व्यवसायी तथा पशु प्राविधिकलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा फ्रेस हाउस सञ्चालक निर्मला भण्डारी, रसिक मिया र रोसन कार्कीले फ्रेस हाउस संचालनमा सहारा नेपाल साकोस र बिर्तामोड नगरपालिकाको साझेदारी कार्यक्रमले व्यवसाय र आफूमा व्यापक परिवर्तन ल्याएको र स्वस्थ्यवर्धक मासु पाएकोले उपभोक्ताहरु पनि धेरै खुसी भएर वधाई दिने गरेको अनुभव सुनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्