झापा असोज, ८ । झापा गाउँपालिकामा कोरोना संक्रमणको कारण एक वृद्धको मृत्यु भएको छ । झापा –६का ७८ बर्षिय वृद्धको कोरोना संक्रमणको कारण बुधबार बेलुका मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।वृद्धको आफ्नै घरमा मृत्यु भएको हो ।उनी दमका रोगी रहेको जनाइएको छ । वृद्धका छोरोलाई केही दिन अघि कोरोना पुष्टि भएको थियो । उनी भद्रपुरस्थित आइसोलेसनमा छन् ।


दुई दिन अघि वृद्धको श्वाव परीक्षणको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको गाउँपालिकाले जनाएको छ । बुधबार बेलुका नै मृत्यु भएका वृद्धको स्वाव संकलनको रिपोर्ट भने बिहिबार विहान मात्र आएको अध्यक्ष साहले प्रतिदिनलाई जानकारी दिए । शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले स्थानीय रानी बनमा अन्तेष्टि गर्ने तयारी गरेको हाम्रा संवाददाता भरत राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्