झापा असोज, ८ । झापा गाउँपालिकामा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ ।

झापा –६ का ७८ बर्षिय बृद्धको कोरोना संक्रमणका कारण बुधबार बेलुका मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए । ती बृद्ध दमको रोगी भएको जनाइएको छ । बृद्धका छोरालाई केही दिनअघि कोरोना पुष्टि भएको थियो । उनी भद्रपुरस्थित आइसोलेसनमा छन् । मृत्यु भएका वृद्धको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ । गाउँपालिकाले तीन दिनअघि सो क्षेत्रका ३२ जनाको स्वाब परीक्षण गर्दा वृद्धको रिपोर्ट पोजेटिभ आएको थियोे । उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्याले ग्रस्त थिए । बुधबार बेलुका उनको निधन भएपनि रिपोर्ट बिहीबार आएको हो । वृद्धको मृत्यु भएपछि झापा गाउँपालिकाको ६ नं वडा सिल गरिएको छ । सो वडा तीन दिनका लागि सिल गरिएको वडाध्यक्ष हरिबहादुर बानियाँले बताए। वडाको पूर्वमा बिरिङ खोला, पश्चिममा सानो माइखोला, उत्तरमा कनकाई नगरपालिकाको सिमाना र दक्षिणमा फूलगाछी चोकसम्मको क्षेत्रलाई चार किल्ला कायम गरेर सिल गरिएको हो ।योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्