बिर्तामोड , असोज १० । बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोड ३ को चौथो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । केशवराज पाठकको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षहरुमा वासु माझी , तुलाराम गुरुङ, महासचिव पदम प्रसाई , सचिव कृष्णलाल राजवंशी र कोषाध्यक्षमा जानुका थापामगर रहेका छन् । त्यस्तै सदस्यहरुमा भीमा सुवेदी , पार्वता दाहाल , हेमकुमार कन्दङ्वा , पारस तिम्सिना , राजकुमार राजवंशी , उत्तम तिम्सिना , पृथ्वी न्यौपाने र यादवकुमारी तिम्सिना चयन भएको निर्वाचन समितिले जनाएको छ । धर्मराज माझी संयोजक तथा राम विष्ट र सन्तकुमार श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति बनेको थियो । प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको अध्यक्षता तथा संस्थाका सल्लाहकार संयोजक लोकबन्धु कन्दङवाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सल्लाहकार सदस्य एवं बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला , आदर्श प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष पर्शु सिटौलालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सदस्य उत्तम तिम्सिनाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जानुका थापामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष बासु माझीले स्वागत गरेको कार्यक्रमको संचालन केशवराज पाठकले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्