झापा असोज, १२ । झापाको कनकाई–९ घैलाडुब्बाका ४४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ भइरहेको छ । संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिमा समेत संक्रमण हुनसक्ने भएकाले कन्ट्रयाक ट्रेसिङ थालिएको हो ।


घैलाडुब्बा बजारमा सागसब्जी व्यापार गर्दै आएका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि परीक्षणका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो । सुगर र प्रेसरका बिरामी रहेका उनको रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि विराटनगर लगिएकोमा शनिबार मृत्यु भएको हो । उनी आदर्श मावि घैलाडुब्बामा कार्यरत कर्मचारीसमेत थिए । सोमबारबाट एक साताका लागि घैलाडुब्बा बजार पूर्णरुपमा बन्द गरिएको कनकाई–९ का वडाध्यक्ष प्रेम प्रसाद राजवंशीले जानकारी दिए । योसँगै कनकाई नगरपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि एक महिलाको समेत मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्