भद्रपुर , असोज १३ । भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुरका एक जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालयको मुद्धा शाखा बन्द गरिएको छ ।

मालपोतको मुद्दा शाखामा कार्यरत भद्रपुर नगरपालिका १० का ५० वर्षीय पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएको हो । मालपोतका कर्मचारीलाई कोरोना पुष्टि भएसँगै मालपोतको मुद्दा शाखा बन्द गरिएको भूमि सुधार तथा मालपोत कार्यालय झापा प्रमुख योगेन्द्र दुलालले जानकारी दिए । कार्यालय प्रमुख दुलालले मुद्दा शाखामा कार्यरत सबै कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न लगाएको जानकारी दिए । भद्रपुर नगरपालिकामा आज दुईजनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुने वडा नं ५ का ३० वर्षिय अर्का पुरुष असोज ३ गते झापा कारागारबाट कैद भुक्तान गरेर घर फर्किएका व्यक्ति हुन् । ८० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा दुईजनाको रिपोर्ट पोजिटिभ आएको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्