झापा , असोज १३ । आज साँझ झापाको झिलझिलेमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवासताक्षी ८ झिलझिलेकी ४० वर्षीया कमला चापागाईं रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए। पूर्वबाट पश्चिम जादैँ गरेको बा ११ च ५९९० नम्बरको जिपले ठक्कर दिँदा चापागाईंको मृत्यु भएको हो । ठक्कर दिने जीप र चालक शिवासताक्षी नगरपालिका ९ का ४३ वर्षीय अमृतबहादुर योङ्हाङलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जवेगुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्