झापा, असोज १४ । समुदायमा कोरोना संक्रमण फैलिएपछि झापाको अर्जुनधारा नगरपालिकाले थप तीन वटा वडा कार्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । समुदायमा संक्रमण फैलन त्रासका कारण नगरको ८, ९ र १० नम्बर वडा कार्यालय बन्द गरिएको हो ।


कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमित व्यक्ति ८, ९ र १० नम्बर वडा कार्यालयसहित अन्त्रय गएको पाइएपछि कार्यालय बन्द गर्नु परेको सम्बन्धित वडाध्यक्षले जनाएका छन् । संक्रमित व्यक्तिमा लक्षणसमेत देखा परेको पाइएपछि सतर्कता अपनाउँदै थप संक्रमण फैलन नदिनका लागि पनि कार्यालयलाई डिस्इन्फेन्टेन्ट गरी अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको १० नम्बर वडा अध्यक्ष बलदेवसिंह गोम्देनले बताए ।


यस्तै, शनिश्चरे बजारमा रहेको ८ नम्बर वडा कार्यालयमा पनि संक्रमित व्यक्ति आउजाउ गरेकाले आइतबारसम्मका लागि कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ । यसअघि खुदुनाबारीमा एकै परिवारका ३ व्यक्तिमा संक्रमण पुष्टि भएपछि अर्जुनधारा २ र ३ नम्बर वडा कार्यालय बन्द छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्