धुलावारी, असोज १४ । धुलावारी खानेपानी उपभोक्ता समितिको आयोजनामा सम्पन्न ३ महिने सिलाइकटाइ तालिमको आज समापन भएको छ ।

समापनका अवसरमा भएको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरुलाई सिकेको सीपलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न वक्ताहरुले शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष अजय घिमिरेको अध्यक्षता र पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेसका मेचीनगर सभापति इन्द्र बुढाथोकी, सीप विकास तालिम केन्द्र भद्रपुरका निमित्त प्रमुख गौतम पौडेललगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष चेतराज बिष्ट र सञ्चालन सचिव कञ्चन तामाङले गरेका थिए । सीप विकास तालिम केन्द्रको आर्थिक सहयोगमा भएको तालिममा २२ जना स्थानीय महिलाको सहभागिता रहेको संस्थाका कर्मचारी गोविन्द घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्