भद्रपुर , असोज १५ । जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा मानव अधिकार तथा बल प्रयोगसम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यालय प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोईरालाले कार्यक्रम उद्घाटन गर्दै प्रहरी कर्मचारीहरुलाई मानव अधिकारको संरक्षण गरी बल प्रयोग गर्दा अपनाउनु पर्ने कानुनी मापदण्डलाई अक्षरस पालना गरी अगाडी बढ्न निर्देशन दिएका थिए ।कार्यक्रममा प्रशिक्षक प्रहरी निरीक्षक साकारराज पन्तले सहजीकरण गर्दै मानव अधिकार तथा बल प्रयोगसम्बन्धी कानुनी प्रावधान र प्रहरीले हुलहुज्जत वा भीडमा खटिँदा अपनाउनु पर्ने कार्यहरुको बारेमा जानकारी दिएका थिए । प्रहरी नायव उपरीक्षक राकेश थापा, प्रहरी निरीक्षक ब्रम्हदेब साहको उपस्थिति रहेको कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी र कर्मचारी गरी ३० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्