बिर्तामोड , असोज १५ । झापाको बिर्तामोडमा एक चिकित्सक र प्रहरीका एक सईसहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमित हुनेहरुमा संजीवनी हस्पिटल बिर्तामोडका एक चिकित्सक र इलाका प्रहरी कार्यालय बिर्तामोडका सई रहेका छन् । बिर्तामोड नगरपालिका ३ बस्ने सजींवनीका चिकित्सकलाई संक्रमण पुष्टि भएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । त्यस्तै इटहरी उपमहानगरपालिका २ ठेगाना भई इप्रका बिर्तामोडका प्रहरी नायव निरीक्षकलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बिर्तामोड वडा नं ५ र ८का दुई स्थानीय महिलालाई पनि आजै संक्रमण देखिएको खड्काले जानकारी दिएका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्