झापा , असोज १५ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) झापाले ३६१ जना ज्येष्ठ जना नागरिकलाई सम्मान गरेको छ ।

बिहीबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाले ७० वर्षभन्दा माथिका ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरेको हो ।
संस्थाले ४० वटा शाखाअन्तर्गतका शेयर सदस्यमध्ये सदस्यता लिएको तीन वर्ष पुरा भएका र विगतमा सम्मानित नभएका ज्येष्ठ नागरिकलाई जनही पाँच हजार नगदले सम्मान गरेको छ । संस्थाको कार्यालयगत उपसमिति मातहतमा रहेका सम्पूर्ण एकाइ समितिले गरेको सम्मान कार्यक्रममा एकाइगत आधारका केन्द्रिय पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
एनएमसीले आफ्ना ज्येष्ठ शेयर सदस्यलाई निरन्तर सम्मान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्