गौरादह, असोज १६ । झापाको गौरादहमा हत्या गरिएकी मनमाया भण्डारीका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या भएको तीन दिनपछि प्रहरीले हिजो वेलुका घरबाटै मनमायाका श्रीमान् भीम भण्डारीलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानका लागि भन्दै मृतककी श्रीमान भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना भएदेखि नै प्रहरीले मनमायाका परिवारका सदस्यहरुलाई निगरानीमा राखेको छ । सोमबार गौरादह १ मा घरमै रहेका वेला भण्डारीको बिभत्स हत्या भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरी हत्या गरिएको पाइएको थियोे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको बताउँदै आफूहरु हत्यारा नजिक पुगिसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्