झापा ,असोज १६ । कोरोना संक्रमणबाट आमाको मृत्यु भएपछि काजकिरिया गर्न बसेका परिवारका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

मेचीनगर नगरपालिका–८ की ७२ बर्षिया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि १३ दिने काजकिरिया गर्न बसेका उनका छोराबुहारी, छोरीज्वार्इँ गरी १३ जनामा कोरोना संक्रमण पुष्टी भएको मेचीनगर सामाजिक विकास समितिका संयोजक नबिन बरालले जानकारी दिए । उनले काजकिरियामा बसेका ५ महिला र ८ पुरुषमा संक्रमण देखिएको बताए । ती संक्रमित बृद्धाको असोज ४ गते मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टी भएका परिवारका सदस्यहरु अधिकांश पत्रकारिता पेशामा आबद्ध छन् ।
आज मेचीनगरमा १६ जनालाई संक्रमण पुष्टी भएको हो । थपिएका १६ जनामध्ये काँकरभिट्टाको होटल क्वारेन्टाइनमा बसेका बाहिर जिल्लाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै मेचीनगरमा संक्रमितको संख्या १५१ पुगेको छ भने निको हुने १२८ जना छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्