एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको छ ।

शेख जायद स्टेडियम आबुधाबीमा राजस्थानले दिएको एक सय ५५ रनको लक्ष्य बेंगलोरले पाँच बल बाँकी छँदै मात्र २ विकेट गुमाएर भेट्टायो । बेंगलोरको जितमा कप्तान विराट कोहलीले नटआउट ७२ रन बनाए भने देवदत्त पडिक्कलले ६३ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५४ रन बनायो । राजस्थानका महिपाल लोमरोरले सर्वाधिक ४७ रन बनाए । राजस्थानलाई मध्यम स्कोरमा समेट्न बेंगलोरका यजुवेन्द्र चाहलले तीन विकेट लिए । आजको जितसँगै बेंगलोर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ, चार खेलमा चार अंक जोडेको राजस्थान छैठौं स्थानमा झरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्