एजेन्सी । दिल्ली क्यापिटल्सले आईपीएलको १६ औं म्याचमा कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ ।

कोलकातासामु २२९ रनको बिशाल लक्ष्य राखेको दिल्लीको टीमले उसलाई २० ओभरमा ८ विकेटमा मात्र २१० रन बनाउन दियो ।
शारजाहमा खेलाइएको म्याचमा कोलकाताका लागि नितीश राणाले ५८, इयान मोर्गनले ४४ र राहुल त्रिपाठीले ३६ रनको पारी खेल्दै म्याचलाई रोमाञ्चक बनाउने कोशिश गरेका थिए । दिल्लीका लागि एनरिच नोर्जेले तीन र हर्शल पटेलले दुई विकेट लिए । यसअघि दिल्लीका ब्याटस्मेनहरुले २० ओभरमा ४ विकेटमा २२८ रनको मजबूत स्कोर बनाएका थिए । दिल्लीका लागि नटआउट ८८ रन बनाउने कप्तान श्रेयस अय्यर मैन अफ द म्याच चुनिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्