दमक, असोज १८ । गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकको क्याम्पस मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा पाँच जना घाईते भएका छन । त्यसमध्ये चारजनाको अबस्था गंभीर रहेको छ ।

राति करिव ९ बजेतिर मे ११ प २९२७ र को २५ प ६१८१ नं का दुईवटा मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा परी मोटरसाइकल चालक दमक ९ बस्ने ३५ वर्षिय भीमराज श्रेष्ठ , उनकी श्रीमती २१ वर्षिया संझना , अर्का मोटरसाइकल चालक दमक ४ बस्ने २१ वर्षिय मनिश अधिकारी , पछाडि सवार दमक ४ का ५१ वर्षिय पूर्णबहादुर श्रेष्ठ र दमक ४ कै २७ वर्षिय राजन श्रेष्ठ घाइते भएका हुन् । घाइतेमध्ये गंभीर अबस्थाका चार जनाको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । त्यसमध्ये दुईजनाको आइसियूमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । सामान्य अबस्थाका एकजनाको दमकको लाइफलाइन हस्पिटलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । उनले एउटा मोटरसाइकलमा तीन र अर्कोमा दुईजना सवार रहेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्