झिलझिले असोज, १८ । सामाजिक अभियन्ता सन्तोष थोप्रा (सेन्ट्रो)ले शिवसताक्षी नगरको एक सामुदायीक विद्यालयका विद्यार्थीलाई कोरोना कोभिड –१९को संक्रमणबाट जोगाउन सेनिटाइटर र माक्स प्रदान गरेका छन् । शिवसताक्षी–९ घर भएका लायन्स क्लब अफ शिवसताक्षीका निवर्तमान अध्यक्ष थोप्राले २५० थान माक्स र ४ थान गुणस्तरीय सेनिटाइजर प्रदान गरेका हुन् । पहिलो पटक शिवसताक्षीमा अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन सुरु गरेको सरस्वती प्राथमिक विद्यालयका छात्र छात्रालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।


शिवसताक्षी –८ को सो सामुदायीक विद्यालयमा थोप्राले प्रदान गरेको स्वास्थ्य सामाग्री जेष्ठ नागरिक नारददास उप्रेतीले विद्यालयका प्रधानाध्यापक देवीबहादुर कार्कीलाई प्रदान गरेका थिए । कोरोनाका कारण सरकारले आव्हान गरेको ३ महिने लकडाउनका कारण बिहान बेलुकी हात मुख जोड्न मुस्कील भएका सर्वसाधरण नागरिकलाई उनले खाद्यन्न लगायतका सामाग्री राहत प्रदान गरेका थिए । सामाजिक अभियन्ता थोप्राले लकडाउनको बखत अग्रभागमा कार्यरत स्वास्थ्यकर्मी र जेष्ठ नागरिकलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेका थिए ।


पाँच वर्षदेखि सामाजिक सेवामा कार्यरत थोप्रा ईम्युनिटी नेपालका संस्थापक हुन् । भुकम्प, बाढी पहिरो, हावाहुरी लगायतका प्रकोपमा परेका सर्वसाधरण नेपालीलाई उनले उद्धार, सहयोग र पुर्नस्थापना गर्ने गरेका छन् । थोप्राले सडक बालबालिकाको पुर्नस्थापनाका लागि केहि वर्षअघि अभियान संचालन गरेका थिए । उनले भने, ‘ विपतमा परेका सर्वसाधरणलाई उद्धार, सहयोग र पुनस्थापनका लागि जतिबेलै पनि तयार छु ।’ युरोप लगायतका मुलुकमा रहेका आफन्तले पठाएको रुपैयाँबाट थोप्राले समाज रुपान्तरणका काम गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्