माई , असोज १८ । इलामको माई नगरपालिकामा मागुना युवा क्लबको आयोजनामा प्रथम मागुना गोल्डकप प्रतियोगिता हुने भएको छ । आउँदै गरेको बडादशैको अवसरमा खुल्ला नकाउट पुरुष फुटबल प्रतियोगिता गर्न लागिएको आयोजकले बताएको छ ।

माई नगरपालिका वडा नम्बर ६ बिहीबारे मागुना खेल मैदानमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिता असोज २६ गतेबाट सुरु भई फाइनल खेल कार्तिक ७ गते हुने आयोजक क्लबका अध्यक्ष सुरेशहाङ्ग लिम्बुले जानकारी दिए। असोज १५ गतेदेखि २४ गते ५ बजेसम्म टीम दर्ता गराउन सकिने छ ।
कोरोना भाइरसलाई मध्यनगर गर्दै उक्त प्रतियोगितामा जिल्लाभित्रका टीमहरुलाई मात्रै सहभागी गराउने आयोजक सचिब एलिना लिम्बुले बताइन। प्रतियोगी खेलाडीलाई आवश्य सामग्री ल्याउन आह्वान गएको छ।
प्रतियोगिताको विजेता टीमले ३० हजार र उपविजेता टीमले १५ हजार रुपैंयाँ पुरस्कार, मेडल, शिल्ड पाउने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका उपाध्यक्ष सन्तोष एक्तेनले बताए। यसैगरी म्यान अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्तालाई जनही पुरस्कार प्रदान गरिने बताइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्