कुमरखोद , असोज १८ । झापा गाउँपालिकाले हुलाकी वाटो क्षेत्रमा परेका भौतिक संरचनाहरुलाई छैठ पुजापछि खाली गर्न अनुरोध गरेको छ ।

झापा गाउँपालिकाले आफ्नो पालिकाभित्र हुलाकी वाटो क्षेत्रमा परेका घर तथा जग्गाजमिनहरु सम्वन्धित व्यक्तिले आफ्नो पहिचान खुल्ने गरी सम्वन्धित वडामा गएर आफू वसेको जग्गाको धनीपुर्जाको फोटोकपी एकथान र नागरिकताको फोटोकी एकथान र ऐलानी जग्गाको हकमा आफूसँग भएको प्रमाणहरु लिएर वडा कार्यालयमा गएर दर्ता गर्न अनुरोध गरेको हो ।
झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा हुलाकी वाटो आसपासका घर जग्गा हुने सरोकारवालाहरुको उपस्थितिमा बसेको वैठक निर्णयानुसार छैठ पुजापछि हुलाकी वाटोको क्षेत्रमा पर्ने आ–आफनो भौतिक संरचना भत्काई खाली गरी सक्नु पर्ने र क्षतिको विवरण भरेर सम्वन्धित वडामा ७ दिनभित्र दर्ता गर्न भनिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्