गौरादह, असोज १८ । गौरादह नगरपालिकाका मेयर रोहितकुमार साहकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

गौरादह १ घर भई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत ४५ बर्षीया उनमा शनिवार संक्रमण पुष्टि भएको हो ।
श्रीमतीमा संक्रमण देखिएपछि आफू होम क्वारेन्टाइनमा बसेको र श्रीमती प्रतिष्ठानकै क्वाटरको क्वारेन्टाइनमै बसेको नगर प्रमुख साहले बताएका छन् । मेयर साहसहित उनीसंग सम्पर्कमा आएकाहरुको सोमबार कोरोना परीक्षण गरिने स्वास्थ्य शाखाले जनाएको छ । यसैवीच मेयर साहले आफूमा त्यस्तो कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताएका छन् ।
थप १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै गौरादहमा ८ महिला र १८ जना पुरुष गरी संक्रमित हुनेको संख्या २६ पुगेको छ । त्यसमध्ये ६ महिला र १५ पुरुष गरी २१ जना भने निको भएर घर फर्किसकेका छन् भने गौरादह १ का एक पुरुषको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्