भद्रपुर, असोज १९ । कोभिड १९ का कारण विगतमाझै भद्रपुर १० स्थित काली मन्दिरमा सार्वजनिक जमरा राख्ने कार्य यस वर्ष स्थगित गरिएको छ ।

मन्दिर संचालक समितिको आइतवार बसेको बैठकले कोभिड १९ को महामारीका कारण सरकारले धार्मिकस्थलहरु मन्दिर संचालन र भेला हुन बन्देज गरेका कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरिएको समितिकी सचिव यसोदा कोइरालाले जानकारी दिइन् । काली मन्दिरमा वर्षौ अघिदेखि हिन्दु धार्मिक विधिअनुसार बडादशैको घटस्थापनामा जमरा राखी नवरात्रिभरि पूजाआजा गर्ने गर्दै आएकोमा यस वर्ष स्थगित गरिएको काली मन्दिर निर्माण व्यवस्थापन समतिका अध्यक्ष भीम पौडेलले जानकारी दिए । उनले भने– ‘कोभिडले मुलुक आक्रान्त भएको वेला जमरा राख्ने कार्य स्थगित गरेका छौ ।’ मन्दिरको पुनर्निर्माण कार्य भइरहेको र यही आश्विन महिनाभित्र छत ढलाइ गरिने भएकाले पौडेलले दाता महानुभावहरुसंग खुला हृदयले सहयोग गर्न पनि अपिल गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्