एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अस्पतालबाट छुट्टी मिलेको छ ।

कोरोना पोजिटिभ आएपछि उनीे विगत तीन दिनदेखि अस्पतालमा थिए । ट्रम्पले चाँडै फेरि चुनाव प्रचारप्रसार शुरू गर्ने बताएका छन् ।यसअघि व्हाइट हाउसका चिकित्सक डा. सीन कनलेले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको र उनले छुट्टी लिन सक्ने बताएका थिए । यद्यपि चिकित्सकले उनीे पुरै निको नभएको तर घर जानका लागि सुरक्षित रहेको बताएका छन् । राष्ट्रपति ट्रम्प अब आफ्नै आधिकारिक आवास व्हाइट हाउस आएका छन् । जहाँ उनको उपचार जारी रहनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्