भद्रपुर,असोज २० । भद्रपुरमा मंगलवार पाँच कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैंक भद्रपुरका प्रबन्धकसहित चार जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा एक महिला र तीन पुरुष कर्मचारी रहेका छन् । कृषि विकास बैंकका ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए । त्यस्तै भद्रपुर भन्सार कार्यालयका कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । भन्सार कार्यालयका ५५ वर्षीय कार्यालय सहयोगीलाई संक्रमण देखिएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन भट्टराईले जानकारी दिए । त्यस्तै भद्रपुर १० नम्बर वडाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नगरपालिकाले मेची अस्पतालमा गरिएको ९२ जनाको कोरोना परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्