बिर्तामोड, असोज २२ । बिर्तामोड नगरपालिका वडा नं. ३ सैनिकमोडबाट प्रहरीले ब्राउनसुगरसहित १ जना भारतीय कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीले भारत घर भई बिर्तामोड नगरपालिका वडा नं. ९ नरियावारीमा डेरा गरी बस्ने ३४ बर्षीय कृष्ण रायलाई हिजो दिउँसो ४ बजे पक्राउ गरेको हो । मिस्त्री काम गर्ने उनले भारतबाट लागु औषध ल्याएर नेपालमा बिक्री गर्दै आएको खुलेको छ ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ६.९९ ग्राम ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका भारतीय नागरिक रायलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्