झापा, असोज २२ । झापामा स्वास्थ्यकर्मी, थुनुवा , सुरक्षाकर्मीलगायत गरी बिहीबार २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमध्ये ५ थुनुवा , एक प्रहरी , एक स्वास्थ्यकर्मी रहेका छन् ।

भद्रपुर नगरपालिकामा दुई महिलासहित १० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये प्रहरी र थुनुवा पनि रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । त्यस्तै मेचीनगरमा बिहीबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार मेचीनगरका १० जनामा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर–६ का १ जना, मेचीनगर–१० का १ जना र मेचीनगर–८ का ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।योसँगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १५८ पुगेको छ । त्यस्तै बिर्तामोड नगरपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा एकजना स्वास्थ्यकर्मी , एकजना औषधी व्यवसायी , एकजना स्थानीय र एकजना इन्सुरेन्स कर्मचारी रहेका छन् । संक्रमितहरु वडा नं ४ का एक र वडा नं १ का तीनजना रहेका छन् । त्यस्तै बाह्रदशी गाउँपालिकाका एकजनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या १ हजार ३ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्