बिर्तामोड , असोज २३ । झापाका पुराना कांग्रेस नेता तथा समाजसेवी रामबाबु प्रसाई (खनुपरुदे) को आज ९९ वर्षको उमेरमा निधन भएको छ ।

राजनीतिज्ञ तथा कृष्णप्रसाद भट्टराईकालीन नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष प्रसाईं अस्वस्थ भई अस्पताल भर्ना भएका थिए । चावहिलस्थित ओम अस्पतालको आकस्मिक उपचार कक्षमा उनको उपचार भइरहेको अवस्थामा निधन भएको छोरा टोरुप प्रसाईले जानकारी दिए ।
श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकले उनको स्वास्थ्य अवस्था चिन्ताजनक नरहेको बताए पनि उनलाई बचाउन नसकेको बताइएको छ ।
वि.सं. १९७८ साल पुषमा जन्मिएका प्रसाई सत्यवादी, दृढ संकल्प र निष्ठापूर्वक जीवन बाँचेका सामाजिक अभियन्ता थिए । नेपाली साहित्यको कविता विधामा समेत कलम चलाएका प्रसाई प्राकृतिक चिकित्सा विज्ञान विषयमा समेत विज्ञ थिए । कानुनका समेत विद्यार्थी रहेका प्रसाईले बिर्तामोडलाई शहरको रुपमा विकास गर्न महत्वपूर्ण योगदान दिएका थिए ।
बिर्तामोडको हालको देवी मावि र कृषिथोक बजारका जग्गादाता समेत रहेका प्रसाई पछिल्लो समय काठमाण्डौंमा बस्दै आएका थिए । प्रसाईकी श्रीमती, छोराहरु टोरुप, डुजुप र गिसुप छन् । उनका दुई छोरी पनिखम र खेचिम रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्