झापा, असोज २३ । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले निजी क्षेत्रमा स्थापना गरेको सर्वाधिक राशीको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ गोरखाका गाईपालक राजेन्द्रराज पन्तलाई दिने भएको छ । प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले शुक्रबार एक विज्ञप्ति मार्फत पुरस्कार पन्तलाई दिने जनाएका छन् ।


पुरस्कारको राशी एक लाख एक हजार एक सय एघार रुपैयाँँ रहेको छ । पालुङटार –७ च्याङ्लीमा पन्तले २०५२ सालदेखि चलाएको कामधेनु गाईपालन केन्द्रमा ३५० वटा गाई पालिएको र दैनिक १३ सय भन्दा बढी लिटर दुध विक्री हुने गरेको छ । उक्त पुरस्कार कोरोना महामारी केही कम भएपछि वितरण गरिने बताइएको छ । भद्रपुर–७ मा प्रतिष्ठानको कार्यालय छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्