झापा, असोज २४ ।
खुर्सानी पटकासहित एक व्यक्ति पक्राउ परेका छन् । १ लाख ५० हजार रुपैयाँ बराबरको पटका सहित शुक्रबार राती भद्रपुर –३का ४२ बर्षिय ढाक्रे राजबंशी पक्राउ परेका हुन् ।


वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले अबैधरुपमा भन्सार छलि ल्याइदैँ गरेको ५८ बन्डल अमुरु खुर्सानी पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । बरामद पटका, अटो र अटोचालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि वप्रका भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्