बिर्तामोड , असोज २४ । कंचनजंघा परोपकार समाज बिर्तामोड ५ को आयोजनामा आज सरसफाइ गरिएको छ ।

बिर्तामोड नगरपालिका , इलाका प्रहरी कार्यालय बिर्तामोड र टोल विकास संस्थाहरुको सहयोगमा इप्रका बिर्तामोडदेखि न्यूटन्स् बोर्डिङसम्म सरसफाइ गरिएको हो । दशैको अवसर पारेर सो सरसफाइ गरिएको कंचनजंघा परोपकार समाजकी अध्यक्ष पार्वता बस्नेतले बताइन् । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्द रिजाल , बिर्तामोड नगरपालिकाका नायव सुब्बा मेघराज बाँस्तोला , वीरता जेसीजका उपाध्यक्ष टीकाराम खतिवडा , टोल विकास सस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । अबदेखि साप्ताहिक रुपमा सरसफाइ कार्यक्रम गरिने आयोजक संस्थाकी सचिव उमा मिश्रले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्