झापा , असोज २४ । झापामा समुदायमा संक्रमण तीब्र रुपमा फैलिने क्रममा आज २३ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा ५ महिला र १८ पुरुष रहेका छन् ।

मेचीनगर नगरपालिकामा ७ , भद्रपुर नगरपालिकामा ३ , बिर्तामोड नगरपालिकामा ६ , गौरादह नगरपालिकामा एक , दमक नगरपालिकामा ४ , कनकाई नगरपालिकामा एक र अर्जुनधारा नगरपालिकामा एकजनामा संक्रमण देखिएको हो । बिर्तामोड नगरपालिकामा ६ जना थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएपनि बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले आज तीन जना नयाँ संक्रमित थपिएको र पुनः परीक्षण गर्दा तीन जनालाई पोजिटिभ देखिएको बताए । केही दिनदेखि झापामा कोरोना संक्रमितहरुको सँख्या तीब्ररुपमा बढ्दै गएको छ । हिजो २९ जनामा संक्रमण पुष्टि भएको थियो भने अघिल्लो दिन २५ जना संक्रमित भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्