युएई, असोज २५ । बलात्कारपछि मारिएका निर्मला पन्त र सम्झना बिकले न्याय पाउनुपर्ने माग राख्दै युएईमा युवाहरूले सामुहिक दौड आयोजना गरेका छन् ।

९ अक्टोबर शुक्रबार बिहान ६ देखि ११ बजेसम्म युएईको सबैभन्दा अग्लो पहाड जेवल जैसमा भेला भएर निर्मला पन्त र सम्झना बिकका बलात्कारीहरुलाई कारबाहीको माग गर्दै २० जना नेपाली युवाहरूले ऐक्यवद्धता जनाएको सामाजिक अभियन्ता रेसम लामाले जानकारी दिएका छन् ।सामाजिक संजालमा लोकप्रिय युएईमा कार्यरत नेपाली नर्स कल्पना गौडलगायत सारजा, दुबईबाट दौडमा सहभागी भएर नेपाली युवाहरुले निर्मला र सम्झनाले न्याय पाउनुपर्नेमा जोडदार माग राखेका थिए । उक्त जमघटमा नवराज पाण्डे, माया पाण्डे,अर्चिता पाण्डे,रोजिना आचार्य,तिलक, रमन सुवेदी, मन्जु गुरुङ, राम भण्डारी, कमला, किरण, शर्मिला लामालगायतले १५ किलोमिटर दौड सफलतापूर्वक पूरा गरी निर्मला पन्त र सम्झना बिकका पक्षमा आवाज उठाएको अभियानकर्मी कल्पनाले जानकारी दिएकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्