झापा, असोज २५ । भारतबाट अबैध रुपमा भित्र्याउँदै गरेको आतिशबाजी वस्तु प्रहरीले फेरि बरामद गरेको छ ।

हिजो भारतबाट लुकाइछिपाइ भित्र्याउँदै गरेको चकलेट बम ६० बट्टा र नागिन पटका १५ बण्डिल बरामद गरेको हो । गौरादह ९ स्थित प्रहरी चौकी कुन्जीबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा ती प्रतिबन्धित वस्तु बराद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसअघि खुर्सानी पटकासहित एक व्यक्ति पक्राउ परेका थिए । १ लाख ५० हजार रुपैयाँ बराबरको पटका सहित शुक्रबार राति भद्रपुर –३का ४२ बर्षिय ढाक्रे राजबंशी पक्राउ परेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्